घोषणापत्र
मेरो जीवनको आधार सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्व हो। मैले आफ्नो यात्रा सधैं समाज, संस्कृति र राष्ट्रको हितमा समर्पित गर्दै आएको छु।
म, दुत बहादुर गुरुङ, यहाँ घोषणा गर्दछु कि:
-
जनसेवा र सामाजिक न्याय मेरो प्राथमिक जिम्मेवारी हुनेछ। मैले जहाँ काम गर्छु त्यहाँ पारदर्शिता, निष्ठा र उत्तरदायित्वलाई सर्वोच्च मान्नेछु।
-
सांस्कृतिक संरक्षण र प्रवर्द्धन मेरो सतत प्रयासको केन्द्रविन्दु हुनेछ। नेपाली कला, संगीत, नृत्य र भाषालाई संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउने अभियानमा सक्रिय रहनु मेरो लक्ष्य हो।
-
स्थानीय विकास र समावेशी पहिचान लाई प्राथमिकता दिँदै सबै समुदायको शिक्षा, स्वास्थ्य, रोजगार र राजनीतिक सहभागिता सुनिश्चित गर्नेछु।
-
आदिवासी, जातीय र सामाजिक समानता प्रवर्द्धन गर्दै न्यायसंगत समाज निर्माणमा योगदान दिनेछु।
-
युवापुस्ता र आगामी नेतृत्वलाई मार्गदर्शन, अवसर र प्रोत्साहन प्रदान गर्दै दिगो विकास र सामाजिक उत्तरदायित्वमा उनीहरूलाई सक्रिय बनाउनेछु।
म आफ्नो सम्पूर्ण ज्ञान, अनुभव र नेतृत्वलाई समाज र राष्ट्रको हितमा समर्पित गर्दै समाजमा सकारात्मक परिवर्तन, सांस्कृतिक संरक्षण र समान अवसरको सुनिश्चितता गर्ने प्रतिवद्धता जनाउँछु।
सधैं सेवा र समर्पणको भावनामा,
दुत बहादुर गुरुङ (डी.बी. गुरुङ)